तीन महिनादेखि तलब नपाएको भन्दै क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

चितवन । तीन महिनादेखि तलब नपाएको भन्दै भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।
उनीहरूले वैशाखदेखिको तलब खान नपाएको भन्दै बुधबार केहीबेर प्रशासन घेराउ गरेर आन्दोलित भएका हुन् ।
अस्पतालमा हालसम्म नयाँ कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा समस्या देखिएको हो । जसले गर्दा एकातर्फ कर्मचारीले तलब नपाएको बताएका छन् भने अर्कोतर्फ अस्पतालको फार्मेसीमा औषधिको अभाव हुन थालेको छ ।
कार्यकारी निर्देशक डा। देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन ।
बोर्ड सदस्यहरूको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो । बोर्डमा ६ जना सदस्य रिक्त छन् । जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ ।








प्रतिक्रिया राख्नुहोस्