एसीसी यू–१६ इस्ट जोन : फाइनलमा नेपालले मलेसियासँग खेल्ने
काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा मलेसियासँग खेल्ने भएको छ । मङ्गलवार हुने फाइनलमा नेपाल र घरेलु राष्ट्र मलेसियाबिच खेल हुने छ ।
सोमबार भएको दुई सेमिफाइनल खेलमा विजयी बनेका नेपाल र मलेसियाले फाइनल खेल्ने भएका हुन् ।
सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन पराजित गरेको थियो । घरेलु टोलीले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।
मलेसियाले थाइल्यान्डलाई पराजित गरेको थियो । मलेसियाले थाइल्यान्डलाई १ सय १८ रनले हराएको थियो ।








प्रतिक्रिया राख्नुहोस्