तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर एक जनाको मृत्यु

सप्तरी । सप्तरीको खडग नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडग नगरपालिका १० वेल्हाका ४७ वर्षीय उमाकान्त साह रहेको प्रहरीले जनाएको छ ।

आफ्नो खेतमा काम गरिरहेका बेला वर्षासँगै चट्याङ पर्दा घाइते भएका साहलाई उपचारका लागि गजेन्द्र नारायण अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button