कर्णाली प्रदेशले १५ लाख मुनिका योजना कार्यान्वयन नगर्ने
सुर्खेत । कर्णाली प्रदेश सरकारले अब १५ लाख मुनिका योजना कार्यान्वयन नगर्ने भएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभामा आज आर्थिक वर्ष २०८०/०८१ को बजेटमा राखिएका १५ लाख भन्दा मुनिका रकम विनियोजन भएका योजनाहरू कार्यान्वयन नहुने जानकारी दिनुभएको हो ।
मुख्यमन्त्री शर्माले प्रदेश सभामा आज प्रमुख प्रतिपक्षी दल एमालेले राखेका माग सम्बोधन गरेसँगै अबदेखि अवरुद्ध संसद् सुचारु हुने भएको छ । प्रदेश सरकार र एमालेबिच भएको सात बुँदे सहमतिपछि आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यान्वयनमा जाने लगभग पक्का भएको छ ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्रालयगत बजेटमाथि भएको छलफलमा १५ लाख मुनिका योजनाहरू रद्द गर्न माग गरेको थियो । १५ लाख मुनिका योजना स्थानीय तहले समेत विनियोजन गरिरहेकाले डुब्लिकेशन (दोहोरो रकम विनियोजन) गर्न नहुने एमालेको धारणा थियो ।








प्रतिक्रिया राख्नुहोस्