तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालक सुजन परियारको मृत्यु भएको छ।

कालोपत्रे गर्दै गरेको सडकमा अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर चालकको घटनास्थलमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर सोही वडास्थित मालिकाका २३ वर्षीय युवा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण लामाले जानकारी दिनुभयो ।

रघुगंगाको वडानम्वर २ राखु भगवतीबाट वडानम्वर ३ पिप्ले स्थित सञ्चालित रघुगंगा हाइड्रोपावरको सामानहरू लिएर आउँदै गरेको ग १ च ७२८१ नम्बरको ट्याक्टर सडकमा अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button