गण्डकी प्रदेश स्तरीय महिला भलिबलको उपाधि म्याग्दीलाई
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटक भएको गण्डकी प्रदेश स्तरीय महिला भलिबलको उपाधि म्याग्दीले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा पर्वतलाई ३–२ सेटले पराजित गर्दै म्याग्दीले उपाधि जितेको हो ।

उपाधिसँगै म्याग्दीले नगद १ लाखका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता पर्वतले नगद ७० हजार प्राप्त गर्यो । प्रतियोगितामा बागलुङ तेस्रो भयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी पर्वतकी पूजा सेन ठकुरी घोषित हुनुभयो । उत्कृष्ट स्पाइकर म्याग्दीकी पवित्रा श्रीपाली र उत्कृष्ट सेटर म्याग्दीकी रेबिना घर्तीमगर घोषित हुनुभयो । उहाँहरूले जनही ५ हजारका साथै ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नुभयो ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भएको प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्