धौलागिरिको काखमा मिलेर बसेको मुदी गाउँ (फोटोफिचर)

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित मुदी गाउँ । संसारको सातौँ अग्लो धौलागिरी हिमालको काखमा मिलेर बसेको मुदी गाउँ परम्परागत शैलीका घरहरूले चिटिक्क देखिन्छ ।

स्लेट ढुङ्गाले छाना छाएका बाक्ला घर बस्तीले चिटिक्क देखिन्छ । यहाँ पछिल्लो समय सडक सुविधा पुगेपछि पक्की ढलानका घरहरू पनि बन्न थालेका छन् ।

मगर समुदायको बाहुल्यता रहेको मुदी गाउँमा मगर कला संस्कृतिले भरिपूर्ण छ । मुदी गाउँमा दुई सय ४६ घर परिवार रहेको मुदी गाउँका अगुवा सबहादुर घर्तीले बताउनुभयो । धौलागिरी चक्रीय पदमार्गको प्रस्थान विन्दुको रुपमा मुदी गाउँलाई चिनिन्छ ।










प्रतिक्रिया राख्नुहोस्