तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा हाड मात्रै बाँकी रहेको कङ्काल फेला

बाँके  । बर्दियामा पहिचान नखुलेको एक जनाको शव फेला परेको छ । राजापुर नगरपालिका १० लालपुरस्थित कर्णाली नदीको किनारमा निलो रङको हाफ पाइन्ट मात्रै भएको शव बिहीबार साझ  फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शव पुरुषको हो कि महिलाको भन्ने पनि पुष्टि हुन सकेको छैन ।

हेर्दा पुरुषको जस्तो देखिएको भएपनि अहिलेसम्म कुनै एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिनुभयो । शरीरको मासुको भाग सडेर हाड मात्रै रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button