राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ : लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताउनुभएको छ । चितवनमा पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अस्थिरताको खेलमा छैनौँ । मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।” रास्वपा अहिले सङ्गठन निर्माणका क्रममा रहेको उहाँको भनाइ थियो । सङ्गठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले सरकारले ल्याएको बजेट पास भए पनि यसले जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्