ललिता निवास प्रकरण : ४ जना पक्राउ गरी अनुसन्धान शुरु

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले ४ जना संलग्न आरोपीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
युरोले आज गरेको पत्रकार सम्मेलनमा सरकारी जग्गामा मोही नहुने भन्दै किर्ते मोही खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने फरार व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको हो ।
पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङ, धर्म प्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
ललिता निवास जग्गा प्राप्ति ऐन २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई सरकारको नाममा दर्ता कायम भएको थियो ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासामा ब्युरोका प्रमुख किरण बज्राचार्यले ललिता निवास प्रकरणलाई सूक्ष्म तरिकाले अध्ययन भइरहेको र अपराधको आधारमा कारबाही अगाडि बढ्ने भन्दै दोषी कोही नउम्कने पनि जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्