तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा हुने आइसिसी पुरुष विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ । यसै वर्ष भारतमा हुने आइसिसी पुरुष विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अक्टोबर ५ मा इङ्गल्यान्ड र न्युजिल्याण्डबीचको विश्वकपको उद्घाटन खेल अहमदाबादमा हुने छ भने १९ नोभेम्बरमा फाइनल हुने भएको छ ।

बेंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, हैदराबाद, कोलकाता, लखनऊ, मुम्बई र पुणेमा खेल हुने छन् । गुवाहाटी र तिरुवनन्तपुरमले हैदरावादसँग अभ्यास खेल आयोजना गर्नेछन् ।

विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्ने छन् । डिफेन्डिङ च्याम्पियन इङ्गल्यान्डले अहमदाबादमा हुने टूर्नामेंटको उद्घाटनमा २०१९ विश्वकपको फाइनलमा बहुप्रतिक्षित भिडन्तमा न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक भारतले अक्टोबर ८ मा चेन्नईमा पाँच पटकको विजेता अस्ट्रेलियासँग भिड्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button