‘सामाजिक सञ्जालका कारण सत्यतथ्य छुट्टाउन कठिन’
पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सामाजिक सञ्जालका कारण सत्यतथ्य छुट्टाउन कठिन भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा एउटै विषय धेरै ढङ्गबाट बाहिर आउँदा आफूहरू नै अन्यौलमा पर्ने गरेको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीको स्थापना दिवसको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा मन्त्री आलेले पत्रकारमाथि जनताले धेरै अपेक्षा गरे पनि सामाजिक सञ्जालबाट आउने भ्रामक समाचारका कारण पत्रकारिता पेशा नै चुनौतीमा रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका पत्रकारको हकहितको लागि प्रदेश सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताउँदै मन्त्री आलेले महासङ्घ कास्कीमा पुस्तकालय स्थापना गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।

उक्त अवसरमा लक्ष्मी हाउस प्रा.लि.लाई महासङ्घ कास्कीले सम्मान गरेको छ । पत्रकार महासङ्घ कास्कीको वृत्ति विकासमा सहयोग गरेको लक्ष्मी हाउसलाई पोखरा पत्रकारिता संस्थागत सम्मानबाट सम्मानित गरिएको महासङ्घ कास्कीका सचिव माधव बरालले जानकारी दिनुभयो । प्रा.लि.का अध्यक्ष एवं उद्योगपति गणेश बहादुर श्रेष्ठलाई उक्त समारोहमा सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्