पाँचपोखरीका दुई क्रिकेट खेलाडी तालिमका लागि भारत प्रस्थान

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो पालिकाका दुई क्रिकेट खेलाडीलाई थप तालिमका लागि भारत पठाएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट सङ्घको समन्वयमा तालिममा पठाइएको सिन्धुपाल्चोक क्रिकेट संघका अध्यक्ष विजयकुमार धितालले जानकारी दिनुभयो । सार्थक बागमती प्रदेशका अन्डर १६ कप्तान भैसकेका तथा राष्ट्रिय टिमको अन्डर १६ को बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन पाँचपोखरी थाङपाल ३ का पासाङ जिल्लाबाट प्रदेशको खेल खेल्ने गर्दछन् ।
भारतको बहु प्रतिष्ठित रणजी ट्रफी समेत खेली सकका खेलाडी पुनित मेहराद्वारा प्रशिक्षण गराउने कल्का क्रिकेट एकेडेमीमा ३ महिनासम्म ट्रेनिङको लागि आज औपचारिक रूपमा गाउँपालिका अध्यक्ष टासी लामाले शुभकामना सहित बिदाइ गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्