तपाईँ सुन्दै हुनुहुन्छः

किसान पेन्सन योजना अघि सारिएको छ : मन्त्री भुसाल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकहरूमाथिको उठेका प्रश्नको जवाफ दिनुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि देशलाई उठाउने आधार भएकाले किसानहरूको सम्मान गर्नु राज्यको दायित्व भएको भन्दै कृषि क्षेत्रका आधारभूत सेवालाई सर्वसुलभ बनाई योगदानमा आधारित वर्गीकृत किसान पेन्सन योजना अघि सारिएको बताउनुभयो ।

मन्त्री भुसालले कृषि तथा पशुपन्छी बिमाको प्रिमियममा अनुदान दिने  र  बीउ बिजनमा दिने अनुदान खारेज नगरिएको स्पष्ट पार्नुभयो । 

मन्त्री भुसालले ७८ हजार ४ सय २२ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको र असार महिनामा ४५ हजार मेट्रिक टन र साउन महिना भित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने भएकाले यो वर्ष धानखेतीका लागि मलको अभाव नहुने बताउनुभयो ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र  अर्थ मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची समेत  रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button