तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभाको बैठक बस्दै 

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट माथि छलफल हुने जनाइएको छ । 

आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०/०८१ को अनुमति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । हिजो प्रदेश सभा सचिवालयमा बसेको कार्यपरार्मश व्यवस्थापन समितिको बैठकले उक्त कार्यसूची तय गरेको उहाँले बताउनुभयो । 

गत असार १ गते बसेको प्रदेश सभाको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले प्रदेश सरकारको तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नु भएको थियो । सोही दिन बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक टेबुल गरिए लगतै सभामुख भुवन कुमार पाठकले अर्को बैठक असार १२ गते बस्ने जानकारी गराउँदै बैठक स्थगित गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button