सेवा प्रवाह व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रीको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उपत्यकाका अस्पतालका निर्देशकहरूलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।
मन्त्री बस्नेतले उपत्यकाका अस्पतालका निर्देशकहरूलाई मन्त्रालयमा आयोजित कार्यक्रम मार्फत् गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कमी हुन नदिन निर्देशन दिनुभयो ।
मन्त्री बस्नेतले कूल शय्याको १० प्रतिशत शय्या गरिब, असहाय, विपन्न नागरिकलाई निःशुल्क व्यवस्था गर्न र सेवा प्रवाहको व्यवस्था मिलाउन आवश्यक कार्य गर्न तथा कुनै पनि बिरामी उपचार सेवाबाट वञ्चित हुन परेको कुरा सुन्न नपर्ने गरी काम गर्न समेत निर्देशन दिनुभयो ।
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल, कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी र राष्ट्रिय ट्रमा सेन्टरका डा बद्री रिजाल कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्