तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.ढकालविरुद्ध मुद्दा दायर

काठमाडौँ  । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आज मुद्दा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ४४ लाख ११ हजार ७८१ सम्पत्ति स्रोत नखुलेको दाबीसहित डा ढकालविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । 

वि.सं.२०७४ साल साउनदेखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव रहेका डा ढकालले पदीय दुरुपयोग गरी अस्वभाविकरुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा छानविन गर्दा गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।   

सदस्य सचिवका रूपमा डा ढकालको चार वर्षीय कार्यकाल २०७८ साल साउनमा पूरा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button