पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताउनुभएको छ ।
धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो – “अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।”

प्रधानमन्त्री दाहालले १८ औँ शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ? नसोची तिमी आफु आफ्नो उद्देश्यमा अगाडि बढ् १ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यता तिरभन्दा पनि राम्रो गर्दै जाने तिर आफ्नो ध्यान रहेको बताउनुभयो। भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको उहाँको भनाई थियो ।
आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताको पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास समेत व्यक्त गर्नुभयो








प्रतिक्रिया राख्नुहोस्