तपाईँ सुन्दै हुनुहुन्छः

काभा पुरुष भलिबल : अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाडौँ । किर्गिस्तानमा जारी काभा पुरुष भलिबल प्रतियोगिता अन्तरगत अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

आइतबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

जारी प्रतियोगितामा नेपालको यो छैटौँ हार हो । प्रतियोगितामा नेपालले कुनै खेल जित्न सकेन । बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल उज्बेकिस्तानसँग २५–२१, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित भयो ।

नेपाल यसअघि पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा इरानसँग, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको बी टोलीसँग पराजित भएको थियो ।

काभा पुरुष भलिबलमा नेपालसहित आयोजकको दुई टोली, इरान, मङ्गोलिया, तुर्किमिनिस्तान उज्वेकिस्तान गरी सात टोलीको सहभागिता रहेको छ । सिङ्गल राउन्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button