तपाईँ सुन्दै हुनुहुन्छः

बेनी नगरपालिकाको बजेट करिब ७१ करोड 

म्याग्दी  । बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि करिब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

आइतबार बेनीमा भएको १३ औँ नगरसभामा नगर उपप्रमुख ज्योति लामिछानेले ७० करोड ८९ लाख रुपैयाँ बजेट सार्वजनिक गर्नुभयो । 

नगरसभामा प्रस्तुत गरेको बजेटमध्ये चालूतर्फ ५० करोड २७ लाख ७५ हजार रुपैयाँ छ भने पुँजीगततर्फ २० करोड ६१ लख २५ हजार रुपैयाँ रहेको छ । 

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध, बेनी नगरको मूल आधार” भन्ने नारासहित सुरु भएको नगरसभामा नगरप्रमुख सुरत केसीले प्रस्तुत गर्नुभएको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रममा “कृषि उत्पादनमा वृद्धि: नगरको समृद्धि”, “एक वडा एक उत्पादन”, ”पशु उत्तानमा वृद्धि : आर्थिक उपार्जन सहितको समृद्धि” उल्लेख गर्नुभएको छ ।

समृद्ध पर्यटकीय बेनी नगर बनाउने उद्देश्यले पर्यटकीय सम्भावना उजागर भएका क्षेत्रलाई उजागर गर्न “एक वडा एक पर्यटन परियोजना” अघि बढाएका छन् । 

आगामी वर्षदेखि कार्यान्वयन गर्ने भू–उपयोग नीति अनुसार आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदी, खोला,ताल सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र अन्य क्षेत्रमा  वर्गीकरण गरिएको नगरउपप्रमुख लामिछानेले बताउनुभयो ।

नगरले आगामी वर्षमा गौरवका योजनाहरूमा बेनी रङ्गशाला, बेनी– ज्यामरुकोट सडक, बेनी– अर्थुङ्गे पुलाचौर डडुवा सडक, महारानीस्थानदेखि बेनी क्याम्पस चोकसम्म बहुउद्देश्यीय पदमार्ग र एक वडा एक पर्यटन” पूर्वाधारलाई प्राथमिकता दिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button