तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयका छात्रालाई मस्तिष्क व्यवस्थापन प्रशिक्षण 

बाँके । कोहलपुरमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय बगियामा  अध्ययनरत छात्रालाई मस्तिष्क व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिइएको छ। सो विद्यालयमा ९ र १० अध्ययनरत छात्राहरूलाई मस्तिष्क व्यवस्थापन गरी तनावबाट बच्ने र सफलता प्राप्त गर्ने विषयमा निलसागर कोहलपुरका संयोजक एवं साहित्यकार अन्जु न्यौपानेले प्रशिक्षण दिनुभएकाे हाे  ।

मस्तिष्क चलाउन जाने चाहेअनुसार नै चल्छ नजाने जति चाहे पनि चल्दैन ।  मर्मत–सम्भार गरेर राम्रोसँग चलाउने कि, बिगारेर काम नलाग्ने बनाउने आफ्नै हातमा हुन्छ । मस्तिष्क राम्रोसँग चलाउन उत्प्रेरित गर्न याे प्रशिक्षणले मद्दत पुर्‍याउने प्रशिक्षक न्याैपानेकाे भनाई छ।

उनले खासगरी ९ र १० कक्षामा पढ्ने विद्यार्थीहरू यौवन अवस्थामा प्रवेश गरेका हुन्छन् , शारीरिक र मानसिक रुपमा परिवर्तनको उमेर हाे। याे अवस्थामा विभिन्न तनावहरू हुनसक्ने भएकोले यस्तो अवस्थामा तनाव व्यवस्थापन नगर्ने हाे भने पढाइ लेखाइमा अवरोध हुने लगायत विभिन्न समस्याहरू आउन सक्ने बताइन् ।

प्रशिक्षण आफ्नालागि निकै उपयोगी भएको प्रशिक्षणमा सहभागी छात्राहरूको भनाई छ। कक्षा १० मा अध्ययनरत रमिता खत्रीले भनिन-” मेडमले हाम्रा मनका कुरा बुझेर आएजस्तो लाग्यो।” उनले भनिन प्रशिक्षणले अन्य कुरा छाडेर कसरी पढाइमा ध्यान दिने भन्ने विषयवस्तु समेटेकोले निकै राम्रो लाग्यो।

विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद ढकालले विद्यार्थीलाई तनाव व्यवस्थापन कसरी गर्ने र अध्ययनलाई राम्रोसँग अगाडि बढाउन प्रशिक्षणले मद्दत पुग्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button