तपाईँ सुन्दै हुनुहुन्छः

यसरी हुँदै छ तालिम प्राप्त कुकुरबाट हेवाखोलाका बेपत्ताको खोजी (भिडियो)

सङ्खुवासभा I सङ्खुवासभाको हेवाखोलामा आएको बाढीबाट हराइरहेका १७ जना मजदुर खोज्न तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

तालिम प्राप्त मोति र पिक्कु नाक्कु नाम गरेको कुकुरबाट बेपत्ताको खोजी सुरु गरिएको हो । शनिबारबाट हेवा, सभा र पिलुवा खोलाका बगरमा ती कुकुर परिचालन गरिएको छ । कुकुरले सुगेर गन्ध थाहापाइएपछि तयारी अवस्थामा राखिएको डोजरले बालुवा निकालेर खोज्न थालिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । 

 मोति र पिक्कु सँगै प्रहरी, सेना र सशस्त्रका १ सय बढी जवान पनि परिचालन गरिएको छ । खेलका डिल र खोलाका किनारमा कतै बेपत्ता नभेटिएपछि कुकुर परिचालन गरिएको हो । खोला किनारमा ६० फिट भन्दा बढी बालुवा थुप्रिएकाले उद्धार टोलीलाई बालुवा हटाउनै समस्या भएको छ ।

(भिडियो)

प्रतिक्रिया राख्नुहोस्

Back to top button