पाँचथरमा ६ महिनामा ११ वटा मानवअधिकारसँग सम्बन्धित घटना दर्ता
पाँचथर । पाँचथरमा ६ महिनामा ११ वटा मानवअधिकारसँग सम्बन्धित घटनाको अभिलेख भएका छन् ।
अभिलेखमा भएअनुसार बलात्कार र बाल यौन दुर्व्यवहार घटना बढी देखिन्छ ।
जिल्लामा हत्या १, आत्महत्या दुरुत्साहन १, बहुविवाह ३ , बाल यौन दुर्व्यवहार १ ,कुटपिट १ र बलात्कारका घटना ४ गरी ११ वटा घटनाको अभिलेख राखिएको छ ।
इन्सेक पाँचथरको आयोजनामा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा घटनाको अभिलेख सम्बन्धी जानकारी गराइएको हो ।
जिल्लामा सबैभन्दा बढी बाल अधिकार अन्तरगत बलात्कार, यौन दुर्व्यवहार सम्बन्धी घटना भएको इन्सेक प्रतिनिधि सहमान विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले घटना न्यूनीकरण गर्न स्थानीय सरकार, राजनीतिक दल, प्रहरी प्रशासन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्