तपाईँ सुन्दै हुनुहुन्छः

झापाका उत्कृष्ट पाँच विद्यालयलाई सरकारको पाँच लाख अनुदान

भद्रपुर, झापा । शिक्षा मन्त्रालयले व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा उत्कृष्ट ठहरिएका झापाका पाँच सामुदायिक विद्यालयलाई रु.पाँच लाखको दरले अनुदान प्रदान गर्ने भएको छ ।

नतिजामा आधारित प्रोत्साहन अनुदानबापत मेचीनगर नगरपालिकाको आदर्श माध्यमिक विद्यालय इँटाभट्टा, शिवसताक्षी नगरपालिकाको मोती मावि मङ्गलवारे, राष्ट्रिय रमणीय आदर्श मावि दुधे र कमल गाउँपालिकाको शहीद धर्मभक्त मावि केरखाले प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा एक विद्यालय पर्ने गरी देशभरका १६५ वटा विद्यालयलाई यस्तो अनुदान दिने भएको छ । त्यसअन्तर्गत झापाका पाँचवटा विद्यालय छनोटमा परेका हुन् ।

केन्द्रले आर्थिक बर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम अनुसार व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयको विगतको शैक्षिक गुणस्तर, परीक्षण केन्द्रबाट मूल्याङ्कनको उच्चतम अङ्क हेरेर छनोट गरेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button