बसको ठक्करबाट बालकको मृत्यु
झापा । झापाको कमल गाउँपालिका–३ को भित्री सडकखण्डमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।
मे १ ख १५१८ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा स्थानीय कमल चौधरीका पाँच वर्षीय छोरा जनम चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते भएका चौधरीलाई तत्काल उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस र चालक कमल गाउँपालिका–२ का शम्भु साहलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्