मनाइयो रूपचन्द्र विष्टको २४ औँ स्मृति दिवस
काठमाडौँ । थाहा दर्शनका प्रणेता रूपचन्द्र विष्टको २४ औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

रूपचन्द्र विष्ट स्मारक समिति नेपाल र मकवानपुरे समाजले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसी, पूर्वसांसद रामनारायण बिडारी, हिरण्यलाल श्रेष्ठ, चिरञ्जीवी खनाल लगायतका वक्ताले जनमुखी नेताका रूपमा विष्टको सम्झना भइरहने बताउनुभयो ।

उहाँहरूले थाहा सिद्धान्तबारे जानकारी गराउनुभएको थियो । विष्टले विसं २०३८ मै संविधान सभाबाट जनमुखी संविधान निर्माण गरिनुपर्ने आवाज बुलन्द गर्नुभएको उहाँहरूले बताउनुभयो ।
सार्वजनिक सरोकारको विषय जनताले जान्न पाउनुपर्छ भनी उहाँले गर्नुभएको वकालत नै थाहा दर्शनको मुख्य भाव भएको वक्ताहरूले स्पष्ट गर्नुभएको थियो । विष्टको दर्शन अहिले सूचनाको हक लगायत जनवादी विभिन्न नारामा समाहित भए पनि कार्यान्वयनमा भने चुनौती रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्