तपाईँ सुन्दै हुनुहुन्छः

टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरी । मोरङको रंगेली नगरपालिका–९ फर्साडागीमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

हिजो दिउँसो १२ बजे ना.१ क ७२१८ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० वर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिँदा घाइते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ वर्षीय दिनेश अधिकारी र टिपर नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button