तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटना हुँदा दश जना घाइते

रुकुम पश्चिम ।रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका १ मा भएको बोलेरो जीप दुर्घटना परेर दश जना घाइते भएका हुन । बिहीबार बिहान जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उक्त जिपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घाइतेहरू सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button