तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा ६१ प्रतिशत फर्महरू ‘जेनेरेटर एआई’ प्रयोगको बारेमा सकारात्मक : सर्वेक्षण

टोकियो। जापानका ६० प्रतिशतभन्दा बढी कम्पनीहरुले आफ्नो सञ्चालनमा ‘जेनेरेटर आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगप्रति सकारात्मक दृष्टिकोण राखेको हालैको एक अनुसन्धान सर्वेक्षणले देखाएको छ ।

जापानको टेइकोकु तथ्याङ्क बैंकद्वारा मङ्गलबार प्रकाशित एक अनलाइन सर्वेक्षणअनुसार सर्वेक्षणमा सहभागी ९.१ प्रतिशत कम्पनीहरूले आफ्नो सञ्चालनमा जेनेरेटर एआईको प्रयोग गरिरहेको बताएका छन् भने ५२.० प्रतिशतले प्रविधिको प्रयोग गर्ने बारे सोचिरहेको बताएका छन् ।

क्रेडिट रिसर्च कम्पनीले हालै गरेको सर्वेक्षणमा एक हजार ३८० कम्पनीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।

यसैबीच, एआई प्रविधिको प्रयोगमा आन्तरिक नियमहरू तयार गर्ने कम्पनीहरूको अनुपात केवल १.२ प्रतिशत मात्र रहेको छ ।

सर्वेक्षणमा २३.३ प्रतिशतले तथ्याङ्कको गोपनियताबारे चिन्ता व्यक्त गर्दै आफ्ना गतिविधिमा जेनेरेटर एआईको प्रयोगबारे विचार नगरेको बताएका छन् ।

सर्वेक्षणले समेटेका घर–जग्गा किनबेच सम्बन्धी कम्पनीका एक अधिकारीले भन्नुभयो, “जेनेरेटिभ एआईको प्रयोगमा प्रतिबन्धले फाइदाभन्दा बढी बेफाइदा हुनेछ । व्यक्तिगत जानकारीको प्रयोगमा सामान्य सुरक्षा सावधानीहरू पालन गरिएको छैन ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button