तपाईँ सुन्दै हुनुहुन्छः

एसियाडका लागि छ खेलाडी छनोट

काठमाडौँ । नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज छ जना खेलाडी चयन गरेको छ । 

सङ्घले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट परुषतर्फ र महिलातर्फ समान तीन/तीन खेलाडी छनोट गरिएको हो । 

एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन छन् भने महिलातर्फ विपना ब्लोन, कृष्णा थापा र स्वस्थानी श्रेष्ठ छन् । प्रशिक्षकको भूमिकामा हीराबहादुर थापा र टिम व्यवस्थापकमा सङ्घका अध्यक्ष किशोर महर्जन रहनुभएको छ । 

एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । एसियाड आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button