जनकपुरधाममा भाटभटेनीको २५ औँ स्टोर सञ्चालनमा

जनकपुरधाम । जनकपुरधाममा आज देखि नेपालको ठूलो सुपर मार्केटको रुपमा रहेको भाटभटेनी सुपरस्टोर आज देखि सञ्चालनमा आएको छ ।
जनकपुरधामको वडा नंं १४ मुजेलीमा सञ्चालनमा आएको सो सुपर स्टोर प्राइभेट लिमिटेडलाई भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले विशेष पूजापाठको आयोजना गरेर शुभारम्भ गर्नु भएको छ । २५ औ स्टोरको रुपमा जनकपुरधाममा भाटभटेनी सञ्चालनमा आएको छ ।
दुई भन्दा बढीको लगानी भएको भाटभटेनी सुपर मार्केटमा उपभोक्तालाई चाहिने हरेक उपभोग्य सामाग्रीहरू एक्कै ठाउँमा उपलब्ध गरेको छ । १ विघा भन्दा बढी क्षेत्रफलमा फैलिएको भाटभटेनी सुपर स्टोरमा स्वदेश तथा विदेशमा उत्पादन भएका सम्पूर्ण सामाग्रीहरू बिक्रीका लागि राखिएको छ ।
मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा शुरु भएको भाटभटेनी सुपर स्टोरको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा निर्माण व्यवसायी एवं जग्गा विक्रेता बलराम महतो रहनु भएको थियो ।
भाटभटेनी सुपर स्टोर सञ्चालनमा आएपछि हालका लागि २ सय युवा युवतिलाई रोजगारी मिलेको छ । पूर्ण रुपमा सञ्चालनमा आएपछि यसमा साढे तीनसय जना स्थानीयलाई रोजगारी मिल्ने सञ्चालक गुरुङले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्