पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण (फोटोफिचर)
कास्की । सञ्चालनमा आएको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडानको अवतरण भएको छ।चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाजले चार्टर्ड उडानमार्फत बिहान ९ बजेर २ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
जहाजमा नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी र चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत छ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट ८० जना यात्रु लिएर पोखरा आएको हो । पोखरामा चिनिया पर्यटहरुहलाई पञ्चेबाजा सहित नेपाली ढाकाटोपी र मालाले स्वागत गरिएको थियो ।
पर्यटनमन्त्री किरातीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ । उहाँले पर्यटकले पोखराका सबै होटल खचाखच भएको सुन्न पाउँदा हर्षित भएको बताउनु भयो । आगामी दिनहरूमा नियमित अन्तराष्टीय उडानका लागी सरकार लागी परेको बताउनु भयो ।
दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवद्र्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास यहाँका पर्यटन व्यवसायीहरूले गरेका छन् ।














प्रतिक्रिया राख्नुहोस्