ट्याक्टरबाट खस्दा कैलालीमा एक जनाको मृत्यु
टीकापुर, कैलाली । ट्याक्टरबाट खस्दा कैलालीमा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ६ झलझलीया स्थित सडकमा ट्याक्टरबाट खस्दा घोडाघोडी नगरपालिका वडा नम्बर ३ का २७ वर्षीय युवक अर्जुन चौधरीको मृत्यु भएको छ ।
हिजो साँझ ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ना ४ त ८७१५ नम्बरको ट्याक्टर र चालक २७ वर्षीय सुभाष चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्