तपाईँ सुन्दै हुनुहुन्छः

काठेखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ । बागलुङको काठेखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटदेखि बागलुङ बजार आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान नखुलेको नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव निरीक्षक मदन केसीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

जीप मध्यपहाडी लोकमार्गदेखि ५०० मिटर तल खसेको केसीले बताउनुभयो । मृत्यु हुने दुवै दुई जना पुरुष रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button