तपाईँ सुन्दै हुनुहुन्छः

वर्षायाममा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारलाई सांसदहरूको ध्यानाकर्षण 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले वर्षायाममा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शून्य समयमा सांसद्हरुले सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर लगायतका पूर्वी पहाडी जिल्लामा गएको बाढी र पहिरोका पीडितलाई राहत, उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्न एवं वर्षायाममा मुलुकका अन्य भू–भागमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले  बञ्चरे डाँडाको फोहोर व्यवस्थापन, किसानका समस्याको समाधान, धर्नामा रहेका विद्यालयका कर्मचारी र सहकारीबाट पीडित नागरिकको माग सम्बोधन गर्नुपर्ने, विभिन्न क्षेत्रमा भएका अनियमितताको छानबिन हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल जारी छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button