तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर बाढी अपडेटः बेपत्ता मध्ये एकको शव भेटियो

 पाँचथर।पाँचथरमा बाढीमा परेर बेपत्ता भएका ५ मध्ये एक जनाको शव भेटिएको छ ।

 फिदिम स्थित माउण्टेन हाइड्रोको पावर हाउसबाट बगेका फिदिम १० निवासी सन्जोग लोवाको शव कुम्मायक गाउँपालिका ५ स्याब्रुम्बा स्थित भुल्के नजिकै तमोर नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । 

बाढीमा परेका हिलिहाङ ७ का ४५ वर्षीय तिलकुमार तामाङ,फिदिम ५ घर भई हाल फिदिम ४ हेँवा खोलामा बस्दै आएका ५५ वर्षीय राजकुमार राई,हिलिहाङ ७ का २७ वर्षीय आशिष माझी र उनकी २५ वर्षीय पत्नी एलिसा माझीको अवस्था अज्ञात छ ।

फालेलुङ ३ मा पहिरोले पुर्दा घाइते भएकी जुना सावदेनको पनि भने आइतबार दिउँसो उपचारका क्रममा निधन भएको छ । जिल्लामा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ भने चार जना बेपत्ता भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button