पहिरोमा परि जीवितै उद्धार गरिएकी ९ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु
पाँचथर । पहिरोमा परि जीवितै उद्धार गरिएको ९ वर्षीया बालिकाको मृत्यु भएको छ ।
स्थानीयले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आइतबार बिहान ७ बजे जीवितै उद्धार गरिएको थियो ।
जुना मनप्रसादकी नातिनी हुन् । बिहान जीवित उद्धार गरिएको जुना सावदेनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पाँचथर प्रहरी प्रमुख हरि खतिवडाले जानकारी दिनुभयो ।
मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् ।
अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका ४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता छन् ।








प्रतिक्रिया राख्नुहोस्