तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गौरवका आयोजनाहरूको स्पष्ट कार्ययोजना तयार गर्न समितिको निर्देशन

काठमाडौँ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय गौरवका आयोजनाहरू स्पष्ट कार्ययोजना तयार गरी पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । 

समितिको आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू प्रगति र समस्यालगायत विषयमा गरेको छलफलपछि सभापति प्रकाश पन्थले राष्ट्रिय गौरवका आयोजनाहरूको स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको हो । 

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलालसँग राष्ट्रिय गौरवका आयोजनाहरू प्रगति र समस्या लगायतको विवरणमा सम्बन्धमा छलफल गरेको थियो । 

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलालले गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको स्वीकार गर्नुभयो । 

सचिव गेलालले निर्माण मोडालिटी तय हुन नसकेको, जग्गा अधिग्रहण, जनशक्ति अभाव, ठेक्का व्यवस्थापनमा समस्या हुँदा वार्षिक लक्ष्य पूरा गर्न नसकिएको बताउनुभयो ।

सांसदहरुले  प्रभावकारी अनुगमनको कमी,  काम सङ्कुचन, स्पष्ट योजनाको अभाव, लगानी र स्रोत साधनको चरम दुरुपयोग, इच्छाशक्ति नदेखिएको र मन्त्रालयगत समन्वय प्रभावकारी हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरूले गति लिन नसकेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button