तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा  बैठक : मन्त्रालयगत शीर्षकमा छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल जारी छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल जारी छ  ।

बैठकमा सांसद महेशकुमार बर्तौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटको शीर्षकमा प्रदेशहरूको नाम उल्लेख नभएको भन्दै आपत्ति जनाउनुभएपछि सभामुख देवराज घिमिरेले यसअघि छलफल हुने भनिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शीर्षकगत छलफल कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो । 

छलफलमा सांसदहरु लिलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, सुमना श्रेष्ठ र प्रेम सुवालले  खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो । 

बैठकमा सांसदहरुले बजेट शीर्षकहरूमाथि धारणा राख्ने क्रम जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button