तपाईँ सुन्दै हुनुहुन्छः

कृषकहरूलाई बाख्रा वितरण

सल्यान । सल्यानका विभिन्न पालिकाहरूले कृषकहरूको जीवनस्तर उकास्न बाख्रा वितरण गरेका छन् । जिल्लालाई मासुमा आत्मनिर्भर बनाइ जिल्ला बाहिर निर्यात गर्ने उद्देश्यका साथ पालिकाहरूले बाख्रा पकेट कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरेका हुन ।

वार्षिक कार्यक्रम २०७९/०८० अनुसार १५ लाख लागतमा महिला बाख्रा पालन कृषक समूह वनगाड कुपिण्डे नगरपालिका ८ कौछेमा बाख्रा बोका हस्तान्तरण गरिएको पशु सेवा शाखा प्रमुख विना राम बुढाथोकीले जानकारी दिनुभयो । १५ लाख नगर सरकारको अनुदानमा ५० वटा बाख्रा खरी जातको, ५ वटा बोयर बोका, ९ वटा खोर वितरण गरिएको उहाँको भनाई छ । समूहका २५ जना सदस्यहरूलाई बाख्रा, बोका वितरण गरिएको छ भने कृषकको ५० प्रतिशत लागत साझेदारी समेत रहेको बुढाथोकीले बताउनुभयो ।

यस्तै त्रिवेणी गाउँपालिकाले पनि ५० प्रतिशत अनुदानमा ३४ बाख्रा र २ बोका वितरण गरेको छ । किसानहरूको आर्थिक जीवनस्तर उकास्न बाख्रा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताउनुभयो ।

कार्यक्रममा वनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सरकारले कृषकहरूका लागि सहज बाटो देखाउने बताउनुभयो ।

नगरपालिकाबाट अहिले २ हप्तामा एक ट्रक खसी बाहिर जाने र त्यसलाई बिस्तारै दैनिक एक ट्रक पुर्‍याउने गरी सरकार लागिपरेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button