तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा घरभाडा ५० प्रतिशतसम्म घटाउन घरधनीलाई आह्वान

कास्की । घरभाडा सरोकार समिति कास्कीले घरभाडा ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको छ । घरभाडा दिने र लिने अर्थात् घरधनी र घर बहालमा बस्ने दुवैको साझा संस्थाका रुपमा रहेको नेपाल घरभाडा सरोकार समितिको कास्की शाखाले पोखरामा पत्रकार सम्मेलन गरेर घरधनीहरूलाई घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो । 

आर्थिक मन्दी र बैङ्कको चर्को ब्याजदरका कारण अर्थतन्त्र चलायमान नहुँदा त्यसको असर व्यापार, व्यवसायमा पर्दा आर्थिक कारोबार घटेकाले अहिलेको घरभाडा तिर्न सक्ने स्थिति नरहेको समितिका पूर्व अध्यक्ष यमनाथ पौडेलले बताउनु भयो । 

घरभाडा सरोकार समिति कास्कीले आर्थिक मन्दी र चर्को ब्याजदरले व्यापार व्यवसाय चौपट भएको भन्दै व्यवसायलाई बचाउन आग्रह गरेको छ  । व्यवसायीहरूले व्यवसाय छाडेर पलायनसमेत हुन थालेको समितिले जनाएको छ । घरभाडा घटाउनुपर्ने समितिको तर्क छ । समितिले पोखरामा हाल २५ देखि ३० प्रतिशत व्यवसायी पलायन भइसकेको अध्यक्ष कमल प्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button