‘मुस्लिम समुदायको आर्थिक, सामाजिक, शैक्षिक रूपान्तरणमा देखिने गरी काम गर्नुपर्छ’
काठमाडौँ । सांसदहरुले मुस्लिम आयोगले मुस्लिम समुदायको आर्थिक, सामाजिक, शैक्षिक रूपान्तरणमा देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मुस्लिम आयोगको क्षेत्राधिकार, सम्पन्न कार्यक्रम, पुरा हुन नसकेका कार्यक्रम, समस्या चुनौती लगायतका विषयको छलफलमा भाग लिँदै सांसदहरुले आयोगले मुस्लिम समुदायको सर्वाङ्गीण विकासमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिको सभापति रोशन कार्कीले मुस्लिम समुदायका समस्या पहिचान र समस्यालाई समाधानका लागि कार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
बैकमा आयोगका सचिव चण्डीप्रसाद घिमिरेले आयोगको प्रतिवेदन प्रस्तुत गर्दै मुस्लिम समुदायलाई छुट्टै आरक्षणको व्यवस्था गर्ने गरी कानुन निर्माण नभएको बताउनुभयो ।
यस्तै, मुस्लिम समुदायसँग सम्बन्धित संस्कृति, भाषा, कला, लिपी र साहित्यको संरक्षण, लैगिंक विभेद तथा हिंसाको अन्त्य, हज यात्रा व्यवस्थापन जस्ता कार्यहरूमा समस्या र चुनौती रहेको सचिव घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्