तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीहरूलाई यातायातमा ४५ प्रतिशत छुट कार्यान्वयन गर्न अनेरास्ववियु बर्दियाको माग 

बर्दिया । अनेरास्ववियु  बर्दियाले यातायातमा ४५ प्रतिशत रकम छुटको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

यातायातमा विद्यार्थीहरूले पाउने ४५ प्रतिशत रकम छुट कार्यान्वयन र निजी स्कुलहरूले सिट क्षमताभन्दा बढी विद्यार्थीहरू राखेको भन्दै यस्ता समस्याहरू ७ दिन भित्र समाधान गर्नुपर्ने माग राख्दै अनेरास्ववियु बर्दिया जिल्ला कमिटीद्वारा जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाइएको हो ।

“विगत लामो समयदेखि विद्यार्थी हकहितका लागी समर्पित हाम्रो गौरवशाली सङ्गठन अनेरास्ववियुले शैक्षिक, राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सर्वव्यापित नै छ । यसै सन्दर्भमा अनेरास्ववियुको गौरवपूर्ण बलिदानीबाट प्राप्त विद्यार्थीका लागी सार्वजनिक यातायातमा ४५  प्रतिशत छुट गरेको कुरा जगजाएर नै छ । यस बर्दिया जिल्लामा विद्यार्थीहरूले प्राप्त गर्ने उक्त ४५  प्रतिशत यातायात छुट सुविधा नभएको र निजी र संस्थागत विद्यालयहरूले यातायात साधनमा क्षमताभन्दा बढी विद्यार्थीहरूलाई ओसार प्रसार गरिरहेको पाइएको हुँदा हाम्रो यस सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त यातायात छुट सुविधा तथा निजी विद्यालयहरूको यातायातमा सिट क्षमता अनुरुप विद्यार्थी ओसार प्रसारको व्यवस्थालाई ७ दिनभित्र अविलम्ब लागु गर्नका लागि सम्बन्धित सबैमा आग्रह गर्दछौँ। अन्यथा हाम्रो सङ्गठन चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछ र उक्त आन्दोलनबाट हुने प्रतिफलको जिम्मेवार यातायात प्रा।ली र निजी विद्यालयहरू स्वयं हुनेछन् ।” विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button