तपाईँ सुन्दै हुनुहुन्छः

तानसेन रानीमहल सडक १६ दिन बन्द हुने 

पाल्पा । तानसेन रानीमहल सडक १६ दिन बन्द हुने भएको छ । भोली अर्थात् जेठ ३२ गते देखि असार १५ गतेसम्म उक्त सडक बन्द हुने सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । 

कार्यालयले एक सूचना जारी गर्दै तानसेन रानीमहल सडक अन्तरगत अवल भन्ने स्थानमा बाटो ढलान कार्यका लागी सडक बन्द गर्न लागिएको जनाएको छ । 

कार्यालयले उक्त अवधिमा वैकल्पिक सडकको रुपमा अर्गली छेर्लङ्ग रानिमहल र चिलाङ्गदी दैलातुङ्ग रानीमहल सडक प्रयोग गर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button