तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्रीलाई सर्वसम्मत रुपमा विश्वासको मत प्राप्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक प्रदेश सभाबाट सर्वसम्मत रुपमा विश्वासको मत पाउनुभएको छ ।

प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि मत विभाजनद्वारा निर्णय लिँदा यादवको विपक्षमा कुनै मत जाहेर नभएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो ।

बैठकमा उपस्थित १०३ जना सदस्यहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिनुभएको थियो ।

नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज ३० औँ दिन यादवले विश्वासका मत लिनुभएको हो । मुख्यमन्त्री यादवले पहिलो पटक माघ ४ गते सिङ्गो सदनको विश्वासको मत पाउनुभएको थियो ।

पुस २७ गते प्रदेश सभाको ठूलो दल नेकपा एमाले सहितको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमालेले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button