राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुग्नुभएका उहाँलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घण्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति पौडेललाई बुधवारसम्म डिस्चार्ज गर्ने तयारी छ ।








प्रतिक्रिया राख्नुहोस्