रेडक्रसद्वारा आयोजित निःशुल्क आँखा शिविरमा झण्डै ६ सय जना लाभान्वित
पाेखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा २९, ३० उपशाखाको आयोजनामा एक दिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।

हिमालय आँखा अस्पताल घारीपाटन, पोखराको सहकार्यमा पोखरा ३० राम मन्दिरको भवनमा सञ्चालित शिविरमा ५ सय ७१ जना सर्वसाधारणले आँखा परीक्षण गराएका छन् ।
मोतिया बिन्दु भएकालाई निःशुल्क उपचारको व्यवस्था समेत गरिने नेपाल रेडक्रस सोसाइटी पोखरा २९, ३० शाखाका सभापति विश्वमोहन पौडेलले जानकारी दिनुभयो ।

चिकित्सकहरू डा. रुपसिंह बोहोरा, गरिमा लौडारी, स्नेहा पाण्डे, साधना मजाकोटी, रुष्मा गुरुङ र दिपक मल्ल लगायत शिविरमा खटिनुभएको थियो । शिविरमा औषधी तथा चश्मा निःशुल्क वितरण गरिएको थियो ।
आँखा जाँच गराएकामध्ये मोतिया बिन्दु भएका ७ जनाको निःशुल्क उपचार हिमालय आँखा अस्पताल पोखरामा गरिने जानकारी डा. रुपसिंह बोहोराले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्