तपाईँ सुन्दै हुनुहुन्छः

तीन स्रष्टालाई मधुपर्क सम्मान 

काठमाडौँ । गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्कले तीन स्रष्टालाई  यस वर्षको मधुपर्क सम्मानबाट सम्मानित गरेको छ । 

मधुपर्क साहित्यिक पत्रिका प्रकाशनको ५६ वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजना गरिएको  कार्यक्रममा नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनु हुने स्रष्टालाई रु ३५ हजार नगद राशि सहित सम्मान पत्रले सम्मानित गरिएको हो । 

सम्मानित हुनेहरूमा पद्य विधातर्फ वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र गद्यतर्फ कथाकार पुष्कर लोहनी  हुनुहुन्छ । 

त्यसैगरी मधुपर्क प्रतिभा सम्मान २०८० बाट छन्द कवि प्रभा भट्टराईलाई सम्मानित गरिएको छ । 

सम्मान समारोहमा आयामेली आन्दोलनका वरिष्ठ कवि बैरागी काइलाले नेपाली भाषा साहित्यको उन्नयनमा गोरखापत्र संस्थानले प्रकाशन गर्ने मधुपर्क पत्रिकाको विशिष्ट योगदान रहेको उल्लेख गर्नुभयो । 

त्यसैगरी गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले मधुपर्क नेपाली साहित्यिक पत्रकारितामा एउटा पत्रिका मात्रै नभएर साहित्यको प्रतिष्ठित पाठशाला भएको उल्लेख गर्नुभयो । 

उहाँले परिवर्तित सन्दर्भमा विश्वमा रहेका नेपाली भाषीमाझ पुर्‍याउने लक्ष्यका साथ मधुपर्कको डिजिटल प्रकाशन गर्ने काम अघि बढेको जानकारी दिनुभयो । 

गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले मधुपर्कले नेपाली साहित्यमा धेरै स्रष्टाहरू उत्पादन गरेको बताउनुभयो । 

त्यसैगरी मधुपर्क सम्मान समितिका संयोजक वरिष्ठ गीतकार गणेश रसिकले लुकेर बसेका प्रतिभालाई बाहिर  प्रतिभाको खोजी गरेकामा आयोजकलाई धन्यवाद दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button