तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्गद्वारीमा कार दुर्घटना, आठ जनाको मृत्यु

प्युठान । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । 

सोमबार दिउँसो स्वर्गद्वारी भिंगृ सडक खण्डमा लु १ च ६३४५ नम्बरको जीप दुर्घटना हुँदा कारमा सवार सबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सुवास खडकाका अनुसार मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरीकी ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकाश पोख्रेल रहेका छन् ।

त्यसैगरी लमही नगरपालिका–५ गढवाका ४९ वर्षीय तारा बहादुर कुमाल, लमही नगरपालिका–७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा शाह र ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् । एक जना बालकको नाम खुलेको छैन ।

कार घुम्तीबाट अनियन्त्रित भई पल्टिएर करिब ५० मिटर तल अर्को घुम्तीमा पुगेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button