तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय फुटबल टोली फिलिपिन्स प्रस्थान

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्स प्रस्थान गरेको छ ।

असार ६ गतेदेखि भारतको बैंग्लोरमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले फिलिपिन्ससँग अभ्यास खेल खेल्ने छ । आज फिलिपिन्स प्रस्थान गरेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ सहितका पदाधिकारीले बिदाई गरेका थिए ।

नेपालले बिहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ । १४ औँ संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ ।

साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश रहेका छन् ।

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबिच प्रतिस्पर्धा हुनेछ । नेपाल साफको उप विजेता टिम हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button